सुजुकीको मनसुन सर्भिस क्याम्प : पार्ट्समा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले वर्षायामलाई लक्षित गर्दै देशभर ‘सुजुकी मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गर्न लागेको हो ।

मनसुनका कारण सवारीसाधनमा हुने जोखिमलाई ध्यानमा राख्दै अभियान सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । क्याम्पमा ग्राहकले वर्षायाममा बढी जोखिममा पर्ने सवारीका विभिन्न भागको निःशुल्क जाँच गराउन सक्नेछन् ।

क्याम्पअन्तर्गत पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत, श्रम शुल्कमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

त्यस्तै, ग्राहकले निःशुल्क सामान्य जाँच, एसी तथा ब्याट्री जाँच गराउन सक्नेछन् । ब्रेक, टायर, वाइपर र विद्युतीय प्रणालीको समेत विशेष जाँच गरिने कम्पनीले जनाएको छ ।

क्याम्पमा सवारीसाधनको हेरचाह तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारीसमेत दिइनेछ ।

सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले ग्राहकको सुरक्षा र सवारीको उचित मर्मतसम्भारलाई प्राथमिकता दिइएको बताए ।

क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्याम्प देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ । सुजुकीका ग्राहकले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको अधिकृत सर्भिस सेन्टरमा पुगेर क्याम्पको सुविधा लिन सक्नेछन् ।

Share News