कालिका लघुवित्तको नाफामा ३०४ प्रतिशत उछाल, लाभांश क्षमता १९.६८ प्रतिशत

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त ३ करोड ३ लाख ७३ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा लघुवित्तको नाफा ३०४.६० प्रतिशत बढेको हो । 

गत आवमा लघुवित्त संस्थाले ४७ करोड ९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा लघुवित्तले ७८ लाख ७९ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५४ करोड २४ लाख ८३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १८ करोड १८ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ ।

अघिल्लो वर्ष लघुवित्तले ४ करोड ८८ लाख १२ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४० करोड ८५ लाख ७५ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ८ करोड २३ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा थियो । 

लघुवित्तको वितरणयोग्य नाफा ८ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता १९.६८ प्रतिशत रहेको छ ।

४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड २३ लाख ५ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष ८.२७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ९.७८ प्रतिशत पुगेको छ । 

गत असारसम्म लघुवित्तको निक्षेप २ अर्ब ३ करोड ६९ लाख रुपैयाँ तथा सापटी २ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ३४ करोड ६ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष निक्षेप १ अर्ब ६६ करोड २५ लाख रुपैयाँ तथा सापटी २ अर्ब ७९ करोड १७ लाख रुपैयाँ र कर्जा लगानी ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो । 

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ७.४५ प्रतिशत रहेको प्रतिसेयर आम्दानी बढेर २७.४० रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ १७८.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.२० गुणा रहेको छ । 

Share News