काठमाडौं । बजाजले पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा विश्वव्यापी ‘माई पल्सर स्टोरी’ (#MyPulsarStory) अभियान सुरु गरेको छ । अभियानमार्फत नेपालसहित विश्वभरका पल्सर राइडर, सामग्री सर्जक, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर चलाउँदै आएका ग्राहकलाई आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ ।
कम्पनीका अनुसार सहभागीले भिडियो, फोटो, सङ्गीत, कृत्रिम बौद्धिकता (एआई)मा आधारित सामग्री वा अन्य सिर्जनात्मक माध्यमबाट जुनसुकै भाषामा पल्सरसँग जोडिएका आफ्ना अनुभव प्रस्तुत गर्न सक्नेछन् । उत्कृष्ट सामग्रीलाई ‘२५ इयर्स अफ डेयरिङ द वर्ल्ड’ अभियानअन्तर्गत पल्सरका अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ ।
अभियानअन्तर्गत प्रत्येक साता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस ४००जेड मोटरसाइकल जित्ने अवसर पाउनेछन् ।
सहभागी हुन इच्छुकले पल्सरसँग जोडिएको आफ्नो अनुभव ‘माई पल्सर स्टोरी’ ह्यासट्यागसहित सामाजिक सञ्जालमा साझा गर्नुपर्नेछ । साथै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरी २०२६ सेप्टेम्बर ४ भित्र सामग्री पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।