सपोर्ट लघुवित्तका सञ्चालक सुमित अधिकारीले दिए राजीनामा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुमित अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  

कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको २६६ औँ बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।  

सञ्चालक अधिकारीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समिति समक्ष राजीनामा पेस गरेका थिए । उनको राजीनामा साउन १८ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।  

Share News