काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा राजीव कुमार शर्मा नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साउन १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सप्तरीको शम्भुनाथ नगरपालिका–१० स्थायी ठेगाना भएका शर्मालाई कम्पनीको सीइओमा चयन गरेको कम्पनीका अध्यक्ष डा. अनिल पोखरेलले जानकारी दिए ।