काठमाडौं । विद्युतीय सवारीसाधनको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला जीडब्लूएमले आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’मार्फत ईभी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ ।
विश्वका अधिकांश अटोमोबाइल कम्पनीले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि जीडब्लूएमले आफ्नै भगिनी कम्पनी एसभीओएलटी इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको जनाएको छ ।
कम्पनीका अनुसार आफ्नै ब्याट्री विकास गर्ने भएकाले गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सम्भव भएको छ । नेपालमा हालै सार्वजनिक गरिएको जीडब्लूएम ओरा ५ ईभी एसयूभीमा पनि एसभीओएलटीले विकास गरेको ‘ड्रागन आर्मर ब्याट्री’ प्रयोग गरिएको छ ।
वर्षौंको अनुसन्धानपछि विकसित गरिएको यो ब्याट्री आगो तथा पानी प्रतिरोधी सुरक्षा प्रणाली, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता र उच्च कार्यसम्पादनका विशेषतासहित आएको कम्पनीले जनाएको छ।
‘ड्रागन आर्मर’ नाम ब्याट्रीको विशेष आन्तरिक संरचनाबाट प्रेरित भएको कम्पनीको भनाइ छ । ब्याट्रीभित्रका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा राखिएकाले विशेष ‘डाउनवर्ड भेन्टिङ’ प्रणाली विकास गरिएको छ । कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसले यात्रुको सुरक्षामा थप सुरक्षा कवचको रूपमा काम गर्ने विश्वास कम्पनीको छ ।