सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका सबै खेल सकिएसँगै अर्जेन्टिना, इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । 

अब उपाधि यात्राका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्ड तथा फ्रान्स र स्पेनबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।null

विश्व फुटबलका दुई ऐतिहासिक प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल सबैभन्दा बढी प्रतीक्षित खेलका रूपमा हेरिएको छ । 

सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र त्यसको केही मिनेटपछि गरेको ‘गोल अफ द सेन्चुरी’का कारण यी दुई टोलीबीचको प्रतिस्पर्धाले विशेष ऐतिहासिक महत्त्व पाएको थियो । 

त्यसयता विश्वकपमा यी दुई टोलीबीच भएका प्रत्येक भेट फुटबल समर्थकमाझ विशेष आकर्षणको केन्द्र बन्दै आएका छन् ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । 

उता इङ्ग्ल्यान्डले नर्वेमाथि जित निकाल्दै विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको छ । युवा स्टार जुड बेलिङ्घम र कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शन इङ्ग्ल्यान्डका लागि निर्णायक बन्दै आएको छ ।

अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् । फ्रान्सले मोरक्कोलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा स्पेनले बेल्जियमलाई रोमाञ्चक खेलमा पराजित गर्दै उपाधिको आशा कायम राखेको हो । 

दुवै टोली आक्रामक शैलीको फुटबल खेल्ने भएकाले यो खेल पनि उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

सेमिफाइनलमा पुगेका चारै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् । अर्जेन्टिना तीन पटक (१९७८, १९८६ र २०२२), फ्रान्स दुई पटक (१९९८ र २०१८), स्पेन एक पटक (२०१०) र इङ्ग्ल्यान्ड एक पटक (१९६६) विश्वकप च्याम्पियन बनिसकेका छन् । 

चारवटै टिम फिफा वरीयताको शीर्ष चार स्थानमा रहेका छन् । पहिलो स्थानमा फ्रान्स, दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रो स्थानमा स्पेन र चौंथो स्थानमा इंङ्ग्ल्यान्ड रहेको छ । 

अब विश्वकपमा दुई सेमिफाइनल, तेस्रो स्थानका लागि हुने एक खेल र फाइनल गरी चार खेल मात्र बाँकी छन् । 

सेमिफाइनलबाट विजयी हुने दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् भने पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । 

अन्य सान्दर्भिक सामग्रीहरू :

 

यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम

हालान्डको नाममै उन्माद

‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू

विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा

विश्वकपको उपाधि होड थप रोमाञ्चक

क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन्

हालान्ड : दि नर्वेजियन हिरो

चम्किँदै भिनिसियस जुनियर

गोल्डेन बुटका दाबेदार

विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन

डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती 

यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] 

विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान 

मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

Share News