सामुदायिक लघुवित्तको सञ्चालकमा निगेल प्याथ मनोनीत

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निगेल प्याथलाई मनोनीत गरेको छ ।

संस्थाको असार २३ गते बसेको सञ्चालक समितिको ४८औँ बैठकले भक्तपुरको मध्यपुर ठिमी निवासी प्याथलाई सञ्चालक पदमा मनोनीत गर्ने निर्णय गरेको हो । उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी बाँकी कार्यकालका लागि गरिएको संस्थाले जनाएको छ ।

यस सम्बन्धमा संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ । साथै, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई समेत उक्त निर्णयबारे जानकारी गराइएको संस्थाले उल्लेख गरेको छ ।

Share News