काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मन्त्री प्रतभिा रावलले मन्त्रालयको नेतृत्व गरेपछि भएका ४८ वटा मुख्य कामहरु सार्वजनिक गरिएको हो ।
मन्त्रालयले यो अवधिमा भएका कामहरु सार्वजनिक गर्दै २२३ रिक्त तथा निमित्तको भरमा रहेका पालिकामा प्रमुख प्रशासकिय अधिकृत पठाइएको, सहकारीका १७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रकम फिर्ता गरिएको, १५४ जना ऋणीबाट४ करोड ३२ लाख ८२ हजार रुपैयाँ ऋण असुली गरेको उल्लेख गरेको छ ।
यस्तै, भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण, ६ वटा स्थानीय तहबाट नापी र मालपोत सम्बन्धी सेवाहरुको शुरुवात, वडास्तरबाट डिजिटल सिफारिस गर्ने सफ्टवेयर प्रणाली निर्माण गरी परिक्षणको चरणमा रहेको र कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइएको उल्लेख गरेको छ ।
मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारको नाममा ल्याइएको, मालपोत र नापी कार्यालयमा सेवाग्राही बाहेक अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाइएको, तीनवटा प्रदेश (बाग्मती, गण्डकी र मधेस) मा निजामती अस्पतालको सेवा विस्तार, सिंहदरवार परिसरबाट निजामती अस्पतालको सेवा एकाई स्थापना गरी सेवा शुरु, कर्मचारीको सरुवा अनिवार्य अनलाईन प्रणाली मार्फत मात्र र किताबखानाको पूर्ण डिजिटल प्रणाली शुरु गरेर निजामती कर्मचारीको विवरण अनलाइनबाट हेर्न तथा अध्यावधिक गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरेको छ ।
मन्त्रालयले जग्गा रोका फुकुवा बैङ्कबाटै, मालपोत धाउन नपर्ने व्यवस्था, मेरो कित्ता मोबाइल एप सार्वजनिक नक्सा प्रिन्ट देखि फिल्डबुक उत्तार सम्मका कार्य मोबाइलबाटै गरेर हालसम्म ४ हजार ७७९ संस्थागत प्रयोगकर्ता तयार भई सेवा प्रवाह भईरहेको र रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, सम्पुर्ण जग्गा हक हस्तान्तरण नहुने गरी रोक्का गरेको उल्लेख गरेको छ ।
यी हुन् ४८ काम