स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारी आचारसंहिता–२०८३ लागू

सेवा प्रवाहलाई पारदर्शी र मर्यादित बनाइने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचारसंहिता, २०८३’ लागू गरेको छ । मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीको आचरण, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा मर्यादित बनाउन आचारसंहिता लागू गरेको हो ।

मन्त्रीस्तरीय निर्णयबाट २०८३ असार १० गते स्वीकृत गरिएको उक्त आचारसंहिता मन्त्रालयले मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत कर्मचारीका लागि लागू गरेको हो । आचारसंहिताको प्रस्तावनामा मन्त्रालय र मातहतका निकायका कर्मचारीको व्यवहारलाई निष्पक्ष, पारदर्शी, सेवामुखी, अनुशासित, मर्यादित र व्यवस्थित बनाउँदै कार्यसम्पादन तथा सेवा प्रवाहलाई प्रभावकारी तुल्याउने उद्देश्यले आचारसंहिता जारी गरिएको उल्लेख छ । 

यो आचारसंहिता सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २३ को उपदफा ९३० र निजामती सेवा कर्मचारीको आचारसंहिता सम्बन्धी कानुनी व्यवस्थाअनुसार तयार गरिएको जनाइएको छ ।

Share News