काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्ज हुने विशेष प्रस्ताव पारित गरेको छ ।
काभ्रेको बनेपास्थित होटल उग्रचण्डीमा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
सभाले दुई जना सञ्चालकको नियुक्तिलाई समेत अनुमोदन गरेको संस्थाले जनाएको छ ।
बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तका हाल १४ जिल्लामा ३६ वटा शाखा सञ्चालनमा छन् । संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९५० रुपैयाँ रहेको जनाएको छ ।