काठमाडौं । मोरङ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघमा नवीन रिजालले नयाँ जिम्मेवारी पाएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । संघले रिजालको नयाँ भूमिकाले महासंघ र निजी क्षेत्रको नेतृत्वलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको हो ।
संघले जारी गरेको विज्ञप्तिअनुसार महासंघको हालै गठित कार्यसमितिमा रिजालले महासंघको व्यापार समितिको नेतृत्वमा नयाँ जिम्मेवारी पाएका छन् । यसअघि पनि उनी महासंघको कार्यकारिणी समिति सदस्यका रूपमा सक्रिय रहँदै आएका थिए ।
मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा आयोजित कार्यक्रममा रिजाललाई बधाई दिँदै उनको लामो अनुभव, नेतृत्व क्षमता र निजी क्षेत्रको हितमा खेलेको भूमिकाको प्रशंसा गरिएको छ । संघले उद्योगी–व्यवसायीका मुद्दा उठाउन र निजी क्षेत्रको हकहित संरक्षणमा उनले खेलेको भूमिका प्रेरणादायी रहेको जनाएको छ ।
अध्यक्ष राठीले रिजालको अनुभव, कार्यकुशलता र परिणाममुखी नेतृत्वका कारण महासंघले सक्षम नेतृत्व पाएको उल्लेख गर्दै उनको उपस्थितिले महासंघ तथा व्यापार समितिलाई थप सशक्त र क्रियाशील बनाउने विश्वास व्यक्त गरेका छन् ।
संघले रिजालको नयाँ जिम्मेवारीले मोरङ उद्योग वाणिज्य संघ मात्र नभई समग्र निजी क्षेत्रको प्रतिष्ठा र प्रतिनिधित्वलाई समेत थप मजबुत बनाएको विश्वास व्यक्त गरेको छ।