काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अनिल गिरीलाई दिइएको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गिरीलाई कामु सीईओ मुकरर गरेको हो। हाल कम्पनीको सीईओ पद रिक्त रहेको छ।
गिरी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। उनलाई असार ११ गतेदेखि लागू हुने कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको छ।