सानिमा रिलायन्स इन्स्योरेन्सलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १८औं कर्पोरेट बिजनेस अवार्ड २०२६ मा कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड प्राप्त गरेको छ । 

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ को भव्य समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो विशेष सम्मान प्राप्त गर्न सफल भएको हो ।

विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट व्यक्तित्व र संस्थाहरू सहभागी सो समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड र ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो ।

तीव्र प्रतिस्पर्धा र प्रतिष्ठित संस्थाहरूमाझ सानिमा रिलायन्स लाइफले आफ्नो व्यावसायिक श्रेष्ठता प्रमाणित गर्दै यो अवार्ड आफ्नो पोल्टामा पारेको हो । 

कम्पनीले पछिल्लो समय डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ ।

हाल ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको सानिमा रिलायन्स लाइफले देशभर रहेका १६८ शाखामार्फत ग्राहकहरूलाई आधुनिक र सुलभ बीमा सेवा प्रदान गर्दै आएको छ । 

कम्पनीको यस सफलतामा १७ हजार भन्दा बढी आबद्ध अभिकर्ताहरूको ठुलो योगदान रहेको छ । यस प्रतिष्ठित अवार्डले कम्पनीलाई आगामी दिनहरूमा आफ्ना ग्राहक, लगानीकर्ता र सरोकारवालाहरूप्रति अझ बढी जिम्मेवार बन्दै थप परिष्कृत, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्न ठुलो ऊर्जा र प्रेरणा मिलेको कम्पनीले जनाएको छ ।

Share News