काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय चमतिमा सुरु भएको बैठकबारे सभापति रवि लामिछानेको सचिवालयले जानकारी दिएको हो ।
सचिवालयका अनुसार बैठकमा आसन्न प्रथम महाधिवेशनको तयारी, व्यवस्थापन तथा अन्य समसामयिक संगठनात्मक विषयमा छलफल भइरहेको छ ।
बैठकमा सचिवालय सदस्य तथा वरिष्ठ नेताहरूको सहभागिता रहे पनि वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नरहेको जनाइएको छ । बैठकबाट महाधिवेशन तयारीसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू आउन सक्ने अपेक्षा गरिएको छ ।