काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरबन्दी कायम भएका चिकित्सक तथा कर्मचारीमध्ये ३१ जना अन्य अस्पतालमा काजमा कार्यरत रहेजस्तै अन्यत्र दरबन्दी राखेर प्रतिष्ठानमा ३४ जना चिकित्सक तथा कर्मचारी काजमा कार्यरत रहेको पाइएको छ ।
उनीहरूमध्ये अधिकांशले आफ्नो अनुकूलका अस्पताल, कार्यालय वा मन्त्रालयमा दरबन्दी राखेर प्रतिष्ठानमा काजमा काम गरिरहेको अस्पतालले जनाएको छ ।
सरकारले वैशाख २१ गते काज फिर्ताको निर्देशन दिएपनि दरबन्दी अन्यत्र राखेर प्रतिष्ठानमा काजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको काज फिर्ता नभएको पाइएको छ ।
तथ्यांकअनुसार अन्यत्र दरबन्दी रहेर प्रतिष्ठानमा कार्यरत रहनेमध्ये उच्च तहका चिकित्सकहरूको संख्या उल्लेख्य रहेको छ । प्राप्त तथ्यांकअनुसार ११औं तहका सात जना वरिष्ठ चिकित्सकहरुको दरबन्दी अन्यत्र रहेपनि उनीहरू प्रतिष्ठानमा काजमा कार्यरत छन् ।
१०औं तहका तीन जना र ९औं तहका तीन जना चिकित्सक पनि दरबन्दी अन्यत्र राखेर प्रतिष्ठानमा काजमा रहेका छन् । त्यसैगरी प्रतिष्ठानमा कार्यरत ८ औं तहका १८ जना कर्मचारी तथा मेडिकल अफिसरसमेतको दरबन्दी अन्यत्र रहेको छ।
स्वास्थ्य क्षेत्रका जानकारहरू दरबन्दी एक संस्थामा कायम राखेर कर्मचारीलाई लामो समयसम्म अन्यत्र कामकाजमा खटाउने अभ्यासले संस्थागत स्थायित्व र जनशक्ति व्यवस्थापनमा समस्या निम्त्याउने चिन्ता व्यक्त गर्छन् । यही समस्या समाधान गर्न दरबन्दी मिलानको कार्य सुरु गरिएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी जानकारी दिए ।
यसबाट सेवा प्रवाह, जिम्मेवारी निर्धारण तथा प्रशासनिक उत्तरदायित्वमा समेत असर परेको प्रतिष्ठानका चिकित्सकहरूले बताएका छन् । अस्पतालका सूचना अधिकारी सुशील अर्यालका अनुसार काज व्यवस्थापनको काम निरन्तर चलिरहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेकोले पनि दरबन्दी अन्यत्र राखेर प्रतिष्ठानमा काज आउन खोज्नेहरू धेरै हुने अर्यालको भनाइ छ ।
सरकारले आवश्यकता अनुसार कर्मचारी समायोजन तथा कामकाजमा खटाउने व्यवस्था गरे पनि दरबन्दी एक ठाउँमा राखेर लामो समयसम्म अन्यत्र कार्यरत रहने प्रवृत्तिले कानुनी तथा प्रशासनिक संरचनाको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार यस्तो अवस्थाले संस्थागत अनुशासन, जनशक्ति सन्तुलन तथा कार्यसम्पादन मूल्यांकन प्रक्रियामा समेत असर पार्न सक्ने भएकोले दरबन्दी मिलानको काम सुरु गरिएको हो । ‘यो काम द्रुत गतिमा भइरहेको छ,’ उनको दावी छ ।
यी हुन् काजमा कार्यरत चिकित्सकहरू
प्रमुख कन्सल्टेन्ट एनेस्थेजियोलोजिष्ट डा. सुशील तिमिल्सिनाको दरबन्दी भरतपुरमा छ तर पनि उनी प्रतिष्ठानमा काजमा रहेका छन् । डा. सन्ध्या पौडेलको पनि दरबन्दी भरतपुरमै छ तर उनी प्रतिष्ठानमा काजमा रहेकी छन् ।
पाँचजना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी स्वास्थ्य तथा खाध्य सुरक्षा मन्त्रालयमा रहेको पाइएको छ । यसरी मन्त्रालयमा दरबन्दी रहने चिकित्सकहरू डा. प्रिति आचार्य र नर्सिङ प्रमुख सरीता कार्की रहेका छन् ।
कर्मचारीहरू डोलराज खनाल, उदयबहादुर कुँवर, भुवन केसी पनि दरबन्दी मन्त्रालयमा राखेर प्रतिष्ठानमा काजमा रहेका छन् । एकजना नायव सुब्बा वीरेन्द्र बरालको पनि दरबन्दी सूचना तथा सन्चार मन्त्रालयमा रहेको छ तर जागिर भने प्रतिष्ठानमा खाइरहेका छन् ।
डा. लक्षमण बास्तोला कोशी अस्पतालमा दरबन्दी राखेर काजमा प्रतिष्ठानमा रहेका छन् । उनलाई पछयाउँदै डा. सुरेश थापा पनि कोशी अस्पतालमै दरबन्दी राखेर प्रतिष्ठानमा काजमा रहेको पाइएको छ ।

पोखराका ३४ मध्ये ४ चिकित्सकमात्रै फिर्ता, यी हुन् अटेर गर्ने चिकित्सक
स्वास्थ्यमन्त्रीको ‘फोर्स’ लगाउँदै काज फिर्तामा अटेरी
बालेन सरकारलाई नारायणी अस्पतालका चिकित्सकको अवज्ञा
भेरी अस्पतालमा पनि फर्किएनन् अधिकांश डाक्टर