गुठी संस्थानका जग्गाबाट हट्न निर्देशन, नमाने कानूनी कारबाही गर्ने

काठमाडौं । गुठी संस्थानले धनुषा जिल्लामा रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ । 

गुठी संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वर काठमाडौंका अनुसार उक्त क्षेत्रका जग्गा विभिन्न व्यक्ति तथा संस्थाहरूले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गर्दै भोगचलन गरिरहेको पाइएको छ । ती सबै अतिक्रमण तत्काल हटाउन सम्बन्धित पक्षलाई संस्थानले आग्रह गरेको हो । 

अतिक्रमण हटाउने कार्य नगरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिने संस्थानले चेतावनी दिएको छ । गुठी सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको संस्थानले जनाएको छ । 

Share News