‘आईसीएआर भी२३’ मा अफर : सीमित स्टकका लागि पुरानै मूल्य ५०.९९ लाख कायम

काठमाडौं । नेपालका लागि आईसीएआर ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘आईसीएआर भी२३’ मा सीमित स्टक अफर घोषणा गरेको छ । कम्पनीले ग्राहकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै उक्त इलेक्ट्रिक एसयूभीलाई पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ ।

हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण ‘आईसीएआर भी२३’ को आधिकारिक मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । तर, ग्राहकप्रतिको कृतज्ञता स्वरूप कम्पनीले सीमित संख्यामा उपलब्ध स्टकका लागि पुरानै मूल्यमै बिक्री गर्ने निर्णय गरेको हो ।

यस अफरमार्फत ग्राहकहरूले करिब ३ लाख रुपैयाँसम्म प्रत्यक्ष बचत गर्न सक्नेछन् । कम्पनीका अनुसार स्टक सकिएपछि नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित मूल्यअनुसार हुनेछन् ।

‘आईसीएआर भी२३’ नेपालमा लाइफस्टाइल इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा लोकप्रिय बन्दै गएको छ । रेट्रो–प्रेरित डिजाइन, अत्याधुनिक प्रविधि, ५९.९३ केडब्लूएच ब्याट्री क्षमता, ४०१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र २१० मिमी ग्राउण्ड क्लियरेन्सजस्ता विशेषताले यसलाई विशेष बनाएको कम्पनीको दाबी छ ।

कम्पनीले इच्छुक ग्राहकहरूलाई देशभर रहेका नजिकका शोरुम वा आधिकारिक डिलरमार्फत यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ। उक्त अफर सीमित स्टकमा मात्र लागू हुने भएकाले स्टक समाप्त भएसँगै स्वतः समाप्त हुनेछ ।  

Share News