काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा एसएसपी सुरेश काफ्ले, अधिकारीको साइबर ब्यूरोमा सरुवा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुख फेरिएका छन् । सरकारले नयाँ कार्यालय प्रमुखको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेलाई जिम्मेवारी दिएको छ ।

नवनियुक्त एसएसपी काफ्लेले सोमबारदेखि नै कार्यालयमा हाजिर भई आफ्नो कार्यभार सम्हालिसकेका छन् । 

यसअघिका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको केन्द्रीय साइबर ब्यूरोमा सरुवा भएपछि काफ्लेले यो जिम्मेवारी पाएका हुन् ।

साइबर ब्यूरोमा सरुवा भएका एसएसपी अधिकारीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा करिब १ वर्ष सेवा गरेका थिए ।

जिम्मेवारी हेरफेर भएसँगै सोमबार एक कार्यक्रमका बीच ट्राफिक प्रहरी कार्यालयमा एसएसपी अधिकारीलाई बिदाइ गरिएको छ भने नयाँ प्रमुख काफ्लेलाई स्वागत गरिएको छ ।

प्रमुख काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Share News