काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा औद्योगिक क्षेत्रको निरीक्षण गरेकी छिन् ।
निरीक्षणपछि मन्त्री यादवले बन्द अवस्थामा रहेको कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले आवश्यक तयारी तीव्र रूपमा अघि बढाइने बताइन् । उनले उद्योग सञ्चालनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि धमाधम काम अघि बढाइने बताइन् ।
सरकारले लामो समयदेखि बन्द रहेका सार्वजनिक उद्योगहरूलाई पुनः सक्रिय बनाउने नीति अनुसार हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी गरेको छ।
मन्त्री यादवले औद्योगिक क्षेत्रको अवस्थाबारे समेत जानकारी लिँदै आवश्यक पूर्वाधार, लगानी र व्यवस्थापकीय सुधारमार्फत उद्योगलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिइन् ।