सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई छाड्न आदेश दिएको हो ।

सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सामान लिलामी गरेको आरोपमा पाण्डे बुधबार पक्राउ परेका थिए ।

उनी विरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो ।

Share News