काठमाडौंमा २ लाख ७९ हजार धारा जडान

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ लाख ७९ हजार धारा मात्र जडान गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ३ लाख ५४ हजार धारा जडान गर्ने उल्लेख भए तापनि २ लाख ७९ हजार धारा मात्र जडान गरिएको महालेखा परीक्षकले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के नदीबाट दैनिक करिब ५१ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य थियो । 

मेलम्ची नदीबाट करिब १७ करोड लिटर मात्र प्रशोधन केन्द्रमा पठाएर भई वितरण भइरहेको प्रतिवेदनले जनाएको छ ।

काठमाडौं उपत्यकामा दैनिक करिब ५१ करोड ४० लाख लिटर माग छ ।

वर्षायाममा दैनिक १६ करोड २७ लाख लिटर र हिउँदमा २८ करोड ३७ लाख लिटर आपूर्ति हुँदा मागअनुसार खानेपानी आपूर्ति हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।

Share News