काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगञ्जस्थित पूजा मनि चेन्जर प्रालिको मनि चेन्जर इजाजतपत्र रद्द गरेको छ । नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले सूचना जारी गर्दै पर्साको वीरगञ्ज-८ घण्टाघरस्थित पूजा मनि चेन्जर प्रालिको भारतीय रुपैयाँ कारोबार गर्न पाएको इजाजतपत्र खारेज गरिएको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेपछि मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) बमोजिम अनुमति रद्द गरिएको हो ।
सूचनामा पूजा मनि चेन्जर प्रालिले भारतीय रुपैयाँ कारोबारका लागि पाएको अनुमति नवीकरण नगराएकाले इजाजतपत्र खारेज गर्ने निर्णय गरिएको उल्लेख छ ।