काठमाडौं । सिभिल अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट पुनः सेवा सुचारु हुने भएको छ । आइतबारदेखि रहेको नियमित सेवा सुचारू हुने अस्पतालाले जनाएको छ ।
अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट गर्ने मेसिन केही समयदेखि बिग्रेकाले सेवा अवरूद्ध भएको थियो । अस्पतालमा उक्त मेसिन मर्मत भइसकेकाले पुनः सेवा सुचारू हुने अस्पतालले उल्लेख गरेको छ ।
त्यसैगरी, अस्पतालले बिरामीहरुलाई शुक्रबारदेखि खाना खुवाउने भएको छ । शुक्रबार बिहान ९:३० बजेबाट सेवा सुचारू हुने अस्पतालले जनाएको छ ।