आहा ! युनिग्लोब {भिडियो स्टोरी}

खुसी विद्यार्थी, सन्तुष्ट अभिभावक

काठमाडौं । काठमाडौंको कमलादीमा रहेको गणेश मन्दिर नजिकै छ युनिग्लोब सेकेन्डरी स्कुल एण्ड कलेज । विद्यालय प्राङ्गणमा छन् कक्षा १२ मा पढ्दै गरेका वा पढिसकेका विद्यार्थी । कोही अभिभावकसँग कुरा गर्दैछन् भने कोही अभिभावक र विद्यार्थीलाई विद्यालयका प्रत्येक कक्षाकोठा भ्रमण गराउँदै छन् ।  सँगै विद्यालयका शिक्षक कर्मचारी पनि छन् । तर, शिक्षक कर्मचारीको भन्दा बढी भूमिकामा विद्यार्थी सक्रिय छन् । 

गेटबाट कोही मान्छे प्रवेश गर्नेबित्तिकै विद्यार्थी मुसुक्क हाँस्दै दुई हात जोडेर स्वागत गरिहाल्छन् अनि भन्छन्, ‘हामी तपाईंलाई के सहयोग गर्न सक्छौं ?’ विद्यार्थीको यस्तो स्वागत र त्यहाँका विद्यार्थीले देखाउने संस्कारले अभिभावकलाई झनै लोभ्याउँछ ।

सोमबार साँझ एसईईको नतिजा आउने दिन थियो । छोराछोरी पास हुने ढुक्कमा रहेका अभिभावक कोही एक्लै, कोही छोराछोरीलाई लिएर युनिग्लोबमा आइरहेका थिए । विद्यार्थीले नम्र रूपमा बोलेको, अभिभावकलाई काउन्सिलिङ गरेको देख्दा यहाँका विद्यार्थी पनि स्मार्ट रहेछन् भन्ने लाग्थ्यो । 

null

विद्यालयबारे बुझ्न आएका अभिभावक ।

काठमाडौंको चौमतीकी शर्मिला श्रेष्ठ युनिग्लोब स्कुल आइन् । छोराले एसईई परीक्षा दिएसँगै उनलाई कुन विद्यालय पढाउने भन्ने दोधार थियो । उपत्यकाका विभिन्न स्कुल/कलेजमा उनी बुझ्न गइन् । शर्मिला कमलादीमै रहेको नेपाल लाइफ इन्स्योरेन्समा काम गर्छिन् । उनी कार्यालय आऊजाऊ गर्दा युनिग्लोबका विद्यार्थीलाई देखिरहन्थिन् ।

उनका एकजना छिमेकीका छोरा पनि यही विद्यालय पढ्थे । शर्मिलाले छोराका लागि विद्यालय छनोट गर्दा छिमेकीका छोराले यो विद्यालयको नाम सिफारिस गरे । त्यसपछि शर्मिला श्रीमानसँगै युनिग्लोब विद्यालयबारे बुझ्न पुगेकी थिइन् ।

विद्यालय भ्रमण गरेपश्चात विद्यालयले दिने सेवा सुविधा, विद्यार्थीलाई गर्ने हेरचाहबारे निकै राम्रो अनुभव पाएको उनी बताउँछिन् । ‘यहाँ पढेका विद्यार्थीहरू निकै सक्रिय रहेछन्, मलाई विद्यालयमा पढाइ मात्र हुन्छ भन्ने लाग्थ्यो तर यो स्कुल र यहाँका भाइबहिनीले गरेको व्यवहारले विद्यालय शिक्षा दिने ठाउँमात्र होइन, संस्कार दिने ठाउँ पनि रहेछ भन्ने थाहा पाएँ,’ विकासन्युजसँग कुरा गर्दै उनले भनिन् । 

null

एसईई पास भएर छोराछोरीका लागि राम्रो विद्यालयको खोजीमा रहेका अभिभावक काठमाडौंका विभिन्न विद्यालय कलेजको भ्रमण गरिरहेका छन् । कुनै विद्यालयमा कस्ता विषयहरू पढाइ हुन्छ, त्यहाँको अवस्था कस्तो छ, शिक्षक कर्मचारीको व्यवहार कस्तो छ भन्ने विषयमा जानकारी लिइरहेका छन् । यस्तै, जानकारी लिन युनिग्लोब विद्यालय/कलेजमा पनि विद्यार्थी र अभिभावकको भीड लागिरहेको छ ।

काठमाडौंको भ्याली पब्लिक हाइस्कुलबाट एसईई दिएकी टेनिसा अधिकारी र आयुशा पन्त पनि सोमबार युनिग्लोब पुगेका थिए । आफूभन्दा अगाडिका दाइ/दिदीहरूबाट यो विद्यालयका बारेमा थाहा पाएका उनीहरू विद्यालयबारे बुझ्न आएका हुन् ।

null

विज्ञान विषय लिएर पढ्ने योजना बनाएका उनीहरू यो विषय पढ्दा आवश्यक ल्याब छ/छैन, पढ्ने वातावरण कस्तो, यसका लागि शुल्क कति लाग्छ भन्ने यावत विषयमा बुझ्न आएका थिए । कलेजको भ्रमणपश्चात उनीहरू सन्तुष्ट थिए ।

विद्यालयमा पुगेका विद्यार्थी र अभिभावकलाई परामर्श गर्न बसिरहेकी रोजी विद्यालय भ्रमण गर्न बुझ्न आउनेहरूको बाक्लो भीड रहेको बताउँछिन् । अभिभावक विद्यार्थीलाई कलेजको बारेमा जानकारी गराउन पाउँदा, आफूले पढेका विषयबारे जानकारी गराउनुपर्दा खुसी लागेको उनी बताउँछिन् । रोजी यही विद्यालयमा अध्ययन गरेकी हुन् र विगत तीन वर्षदेखि विद्यार्थी अभिभावकलाई परामर्श दिँदै आएकी छिन् ।null

के छ युनिग्लोबमा ?

युनिग्लोब कक्षा ११ र १२ को शिक्षाका लागि उत्कृष्ट विद्यालयभित्र पर्छ । यो विद्यालयले कक्षा ११/१२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा विद्यार्थीलाई अध्ययन/अध्यापन गराउँदै आएको छ । छोटो समयमै उत्कृष्ट नतिजा दिन सफल युनिग्लोब स्कुल/कलेजमा विद्यार्थीको आकर्षण पनि बढ्दै गइरहेको छ ।

२०७१ सालमा स्थापना भई सञ्चालनमा आएको विद्यालयले अभिभावक/विद्यार्थीको चाहना अनुसार पठनपाठन गराउँदै आएको छ । विद्यार्थीको रुचि विज्ञान र व्यवस्थापनमा बढिरहेको बेला यो विद्यालयले विद्यार्थीको रुचिलाई आत्मसात गर्दै  विज्ञान, व्यवस्थापन र कानुनका विषयहरू पढाइ भइरहेको विद्यालयले जनाएको छ । 

यो विद्यालयले पनि अन्य विद्यालयजस्तै पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका पाठ्यक्रम पढाउँछ । तर त्यो ज्ञान विद्यार्थीमाझ कसरी पस्किन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने विद्यालयका प्रिन्सिपल डा. गणेश रेग्मी बताउँछन् ।  उनी यो विद्यालयमा सिकाइ हुने शिक्षणविधि अन्य विद्यालयभन्दा फरक भएकाले युनिग्लोब अन्य विद्यालयभन्दा फरक रहेको र विद्यार्थीको रोजाइमा परेको दावी गर्छन् ।

null

डा. गणेश रेग्मी

उनी भन्छन्, ‘हामी पाठ्यक्रममा भएको कुरालाई अभ्यासमा आधारित शिक्षणविधि अवलम्बन गर्छौं जसले विद्यार्थीले पाउनुपर्ने, पाठ्यक्रमले र्निदिष्ट गरेको कुरालाई विद्यार्थीसम्म पुर्याउन मद्दत गर्छ । यसका लागि अनुभवी र दक्ष शिक्षकहरू हुनुहुन्छ, उहाँहरूले विद्यार्थीको व्यक्तिगत विशेषता, रुचि, क्षमता  र सिक्ने शैली पहिचान गरेर पढाउनुहुन्छ ।’

null

कुन विषयमा कति सिट ?

युनिग्लोबले विज्ञान र व्यवस्थापनमा ६/६ सय जना विद्यार्थी कक्षा ११ मा भर्ना गर्छ भने कानुनमा ४० जना विद्यार्थी भर्ना गर्छ । अहिले नेपाली विद्यार्थीको रोजाइमा विज्ञान र व्यवस्थापन बढी पर्छ । त्यसैले यी सिटमा आवश्यक मात्रामा विद्यार्थी भर्ना गरिरहेको रेग्मी बताउँछन् । 

‘कानुन पढ्ने विद्यार्थी भनेको भविष्यमा उसले कानुनलाई नै आफ्नो पेशागत उन्नतिका लागि छान्ने विषय भएकाले विद्यार्थीको तुलनात्मक रूपमा यसमा कमी देखिएको हो, त्यसैले पनि हामीले यसमा विद्यार्थी कम लिएका हौं,’ रेग्मीले भने ।

यस अगाडिका वर्षहरूमा सबै सिट पुरा भई धेरै विद्यार्थीलाई भर्ना गर्न नसकेको उनी बताउँछन् ।

विज्ञान तर्फका कक्षामा अनिवार्य अंग्रेजी र नेपाली विषय रहेको छ भने फिजिक्स, म्याथम्याटिक्स, केमेस्ट्री, सोसल स्टडिज एण्ड लाइफ स्किल्स शिक्षाका विषय पनि रहेका छन् । यीबाहेक कक्षा १२ मा बायोलोजी र कम्प्युटर साइन्सलाई वैकल्पिक विषयका रुपमा राखिएको छ । 

यस्तै, म्यानेजमेन्ट व्यवस्थापनतर्फ कक्षा ११ मा अनिवार्य विषय अन्तर्गत अंग्रेजी, नेपाली, म्याथम्याटिक्स, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन र एकाउन्ट रहेका छन् । पहिलो ऐच्छिकका रूपमा इकोनोमिक्स, ट्राभल एन्ड माउन्टरिङ स्टडिज तथा दोस्रो ऐच्छिकमा बिजनेस स्टडिज, कम्प्युटर साइन्स, बिजनेस म्याथमेटिक्स र होटल म्यानेजमेन्ट छन् । 

त्यस्तै, कानुन (ल) पढ्ने विद्यार्थीहरूलाई समेत किताबी ज्ञानसँगै व्यावहारिक कुरामा बढी जोड दिइन्छ । फिल्ड भिजिट गराउने, बहस गर्न सिकाउने अभ्यास पनि विद्यालयले गर्दै आएको छ । 

काुनन विषयका लागि कक्षा ११ मा अनिवार्य अंग्रेजी, नेपाली, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन, जुरिस्प्रिडेन्स एन्ड लिगल थ्योरी, प्रोस्युडर ल र कन्स्टिच्युसनल ल रहेका छन् ।

अत्याधुनिक ल्याबको व्यवस्था

विज्ञान विषय पढ्ने विद्यार्थीका लागि सबैभन्दा नभई नहुने ल्याब हो । युनिग्लोबमा अत्याधुनिक ल्याबको व्यवस्था रहेको छ । यही विद्यालयमा कक्षा १२ पढेका विद्यार्थी श्रेयश चन्द विद्यालयमा विद्यार्थीलाई आवश्यक ल्याबको व्यवस्था रहेको बताउँछन् । 

ल्याबमा रहेका उपकरण विद्यार्थी आफैले चलाउन सक्नुपर्छ । वर्षभरि गरिएको अभ्यासलाई नोट गर्नुपर्छ, हरेक विषय सय पूर्णांकको भए पनि ७५ नम्बरको सैद्धान्तिक भए पनि बाँकी व्यहारिक नम्बर हुन्छ । कलेजमा केमेस्ट्री ल्याब, फिजिक्स ल्याब, जिओलोजी र बोटनी ल्याबको सुविधा छ । 

अतिरिक्त क्रियाकलाप

युनिग्लोबले विद्यार्थीलाई पढाउने काम मात्र गर्दैन, उसले त्यो बाहेकका अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । जसका लागि विद्यालयको आफ्नै समिनार हल छ भने खेलकुदका लागि पर्याप्त खेल्ने ठाउँ छ । विद्यालयका अनुसार यो विद्यालयले खेलकुद क्षेत्रमा पनि विद्यार्थी उत्तिकै सक्रिय बनाउँदै आएको छ । 

युनिग्लोबकी छात्रा आरोशी पीया विद्यालयले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिने गरेको बताउँछिन् । यसका लागि विद्यालयले वार्षिक तीनवटा बास्केटबल सम्बन्धी प्रतियोगिता आयोजना गर्छ । जहाँ विद्यालयभित्रकै टोलीमा प्रतिस्पर्धा हुन्छ भने एक पटक अन्य विद्यालय निम्तो गरी प्रतिस्पर्धा गराउँछ । 

यस्तै, विद्यालयले भलिबल र किक्रेट प्रतियोगिताको पनि आयोजना गर्छ । जसका लागि विद्यालयले बाहिरका अन्य खेलमैदान प्रयोग गर्ने गर्छ । उनी अहिलेको अवस्थामा आवश्यक ठानिएका खेलहरू विद्यालयले खेलाइरहको बताउँछिन् ।  

null

यस्ताे छ शुल्क

यो विद्यालयले काठमाडौं महानगरले निर्धाणगरेको शुल्कअनुसार विद्यार्थीबाट शुल्क लिन्छ । एउटा विद्यार्थीले औषतमा मासिक १० देखि १२ हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । एक जना विद्यार्थीले विज्ञान विषय लिएर पढ्दा १३ देखि १४ हजार सम्म शुल्क तिर्नुपर्ने हुन्छ भने व्यवस्थापन र कानुन पढ्ने विद्यार्थीले मासिक १० देखि १२ हजार तिर्नुपर्छ ।  

योबाहेक विद्यालयले आवश्यकताअनुसार छात्रवृत्तिको व्यवस्था गरेको छ । पाठ्यक्रमसँगै एक्स्ट्रा करिकुलर एक्टिभिटी अर्थात् नियमित पाठ्यक्रमबाहिरको अतिरिक्त क्रियाकलाप पनि सिकाइन्छ भने कोकरिकुलर एक्टिभीटी अर्थात् पाठ्यक्रमसँग सम्बन्धित् सहपाठ्यक्रम गतिविधि पनि विद्यार्थीलाई सिकाइन्छ ।  पढाउनु त प्राथमिकता नै हो तर विद्यार्थीको चौतर्फी विकासका लागि होलिस्टिक एप्रोचमा पढाइ हुन्छ ।

यो विद्यालयमा उक वर्षमा करिब १ सय ५० भन्दा बढी कार्यक्रम हुन्छन् । जसमा हरेक विद्यार्थीले आफूमा भएको प्रतिभा प्रस्तुत गर्छन् भने यस्ता कार्यक्रमको नेतृत्व पनि विद्यार्थी आफैले गर्छन् ।

यस्ता कार्यक्रमले विद्यार्थीको पढाइभन्दा बाहिरको ज्ञानहासिल गर्ने अवसर पनि प्रदान गर्छ । कसरी मान्छेसँग कुराकानी गर्ने, बोल्ने, कस्तो व्यवहार गर्ने कसरी नेतृत्व लिन सक्ने भन्ने विषयमा पनि विद्यार्थीलाइ यस्ता कार्यक्रमले सहयोग पुग्छ । 

युनिग्लोबको फिजिक्स विभागका शिक्षक शेषराज भण्डारी जुन विषयमा आफ्नो भविष्य बनाउने लक्ष्य छ विद्यार्थीले त्यही अनुसारको विद्यालय छनोट गर्नसक्नुपर्ने बताउँछन् ।  विद्यार्थीमा शिक्षाभन्दा पहिले असल संस्कारको विकास हुनुपर्ने बताउँदै संस्कारयुक्त शिक्षा आवश्यक रहेको उनको भनाइ छ । 

null

शेषराज भण्डारी ।

कुनै पनि विद्यार्थीमा सकारात्मक संस्कारको विकास भइसकेपछि मात्र सिकाइलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै भण्डारी युनिग्लोब विद्यालयले यसको सुरुवात गरेको बताए । 

Share News