स्मार्ट टेलिकम प्रकरणमा एनसेलको मुख्यालयमा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एनसेलको मुख्यालयमा छापा मारेको छ । 

बिहीबार एनसेलको मुख्यालयमा सीआईबीले छापा मारेको हो ।

सीआईबीका एक उच्च प्रहरी अधिकृतका अनुसार कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

सोही क्रममा मुख्यालयमा छापा मारिएको हो ।

गैरकानुनी रूपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा तानिएको हो। 

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको हो ।

Share News