उत्तम भ्लोनले गरे ‘भिजन २०२९’ प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी कार्यसमितिका लागि ‘भिजन २०२९’ को सङ्कल्पसहित उत्तम भ्लोन लामाले आफ्नो प्यानल घोषणा गरेका छन् । 

वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका लामाले सन् २०२९ सम्ममा नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ जलविद्युत, बैंकिङ र इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरू समेटिएको टिम सार्वजनिक गरेका हुन् ।

यस प्यानलको उपाध्यक्ष पदका लागि बुटवल पावर कम्पनीका सीईओ उत्तम कुमार श्रेष्ठ, बूढीगण्डकी आयोजनाका प्रवर्द्धक हिम पाठक, ऊर्जा क्षेत्रकी प्रभावशाली व्यक्तित्व सुधन कर्माचार्य र ईशुवा हाइड्रोका अध्यक्ष विक्रम विष्ट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्यानलको सचिवालयतर्फ महासचिवमा चार्टर्ड एकाउन्टेन्ट तथा नेपाल टेलिकमका पूर्व सञ्चालक टी.एन. आचार्य, उपमहासचिवमा बैंकिङ र ऊर्जा क्षेत्रको लामो अनुभव भएकी कविता पोखरेल तथा कोषाध्यक्षमा ठूलो खोला जलविद्युतका विकासकर्ता नरेन्द्र बल्लभ पन्त रहेका छन् । 

त्यस्तै, सचिव पदका लागि विजय मोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई अघि सारिएको छ भने कार्यसमिति सदस्यहरूमा अनुप आचार्य, जगत बहादुर पोखरेल, कदम केसी, वर्ण लामिछाने र प्रतिमा ज्ञवाली रहेका छन् । 

युवा उद्यमीदेखि अनुभवी इन्जिनियरहरू सम्मिलित यो टोलीले नेपालको ऊर्जा सुरक्षा, प्रसारण लाइन विस्तार र निजी क्षेत्रका प्रवर्द्धकहरूको हकहितका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ । 

लामाको नेतृत्वमा रहेको यस ‘भिजन २०२९’ ले जलविद्युतको दिगो विकास र उत्पादित ऊर्जालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने मुख्य एजेन्डालाई प्राथमिकतामा राखेको छ ।

यस्तो छ प्रतिवद्धतापत्र :

 

Share News