बैंकर ज्योतिप्रकाश पाण्डे प्रहरी नियन्त्रणमा

काठमाडौं । बैंकर ज्योतिप्रकाश पाण्डे प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख मनोज केसीले उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

केसीका अनुसार स्मार्ट सेल प्रकरणमा पाण्डेको संलग्नता देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । 

Share News