लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका  विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बर्दियाबाट ४, सुनसरी र झापाबाट ३/३, काठमाडौं र ललितपुरबाट २/२ तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट १/१ जनालाई पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ ।

Share News