काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडलाई न्यू बिजनेस एजद्वारा आयोजित १०औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ समारोहमा 'बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६' अवार्ड प्रदान गरिएको छ ।
उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्याएको आधारमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो ।
कम्पनीका अनुसार यस अवार्डले पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवाको विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।
मञ्जुश्री फाइनान्सले ग्राहक–केन्द्रित सेवा तथा आधुनिक वित्तीय समाधानमार्फत वित्तीय क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको जनाएको छ ।
कम्पनीले यो उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह र संस्थागत विकासतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरेको छ ।