काठमाडौं । प्रहरीले राजावादी आन्दोलनमा पक्राउ भएका सात जनलाई रिहा गरेको छ ।
आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंहसहित ७ जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई रिहा गरिएको हो । एक जना भने हिरासतमै छन् । उनलाई जाँड खाएर अपशब्द बोलेको भन्दै हिरासतमै राखेको प्रहरीको भनाइ छ ।