जन्म कैदको सजाय पाएका कांग्रेस नेता आलमले उच्च अदालतबाट पाए सफाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ । उनीसहित चार जनालाई अदालतले सफाइ दिएको हो । 

न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन् । 

यसअघि जिल्ला अदालत रौतहटले उनीहरुलाई दोषी ठहर गरेको थियो । उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको अभियोग थियो । 

 रौतहट जिल्ला अदालतबाट मोहम्मद अफताव आलम सहितलाई जन्मकैदको सजाय भएको थियो । 

Share News