कर्मचारी सञ्चय कोषले साढे ६ हजार रुपैयाँ भाडा तोक्दा शिखर इन्स्योरेन्सले १० हजार रुपैयाँ तिर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषको लगनखेलस्थित अफिस कम सपिङ कम्लेक्स भवनको पसल एकाईहरू भाडामा लागेका छन् । कोषको लगनखेलस्थित अफिस कम सपिङ कम्लेक्स भवनमा रहेका तीन वटा पसल इकाइ भाडामा लागेका हुन् । 

कोषले वैशाख २ गते पसल नम्बर १२३, ३०९ र २११ का लागि बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र अनुसार शिखर इन्स्योरेन्सल, निर्भाना म्युजिक प्रालि र वि सिलवाल एण्ड एसोसिएट्सले भाडामा लिएका हुन् । 

कोषले ५.४ वर्गफिट रहेको १२३ नम्बर पसलको न्यूनतम मासिक भाडा ६ हजार ७५० रुपैयाँ तोकेको थियो । शिखर इन्स्योरेन्सले मासिक १० हजार २६० रुपैयाँमा बोलपत्र पेस गरेपछि कोषले स्वीकृत गरेको जनाएको छ । 

यस्तै, २५२ वर्गफिट क्षेत्रफल रहेको ३०९ नम्बर पसलको न्यूनतम मासिक भाडा ३७ हजार ८ सय रुपैयाँ ताकेकोमा निर्भाना म्युजिकले ४५ हजार रुपैयाँमा भाडामा लिएको कोषले जनाएको छ । 

कोषका अनुसार मासिक ८ हजार १ सय रुपैयाँ न्यूनतम मूल्य तोकेर २११ नम्बर पसल बिक्रीमा राखेकोमा सिलवाल एण्ड एसोसिएट्सले ८ हजार ५ सय रुपैयाँ भाडामा लिएको छ । 
 

Share News