काठमाडौं । दिगो पर्यटन सहकारी संस्थामा ठगी गरेको आरोपमा एमाले नेता कृष्णकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका- ३ सानेपास्थित घरबाट पक्राउ परेका अर्याललाई अदालतको आदेश कार्यान्वयन गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई अदालतमा पेश गर्ने तयारी गरिरहेको जनाएको छ ।
अर्याल एमालेको उपत्यका विशेष प्रदेश कमिटी सदस्य हुन् । उनले उद्योग व्यवसाय विशेष जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका थिए ।
उनीमाथि काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार रुपैयाँ बिगो तिर्नुपर्ने आदेश दिएको थियो ।