काठमाडौं । सुदूरपश्चिम प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको कैलालीस्थित घरमा चोरी भएको छ ।
लम्किचुहा नगरपालिका- ४ बलियामा रहेको निजी निवासमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरी भएको परिवारले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त घर विगत तीन महिनादेखि बन्द थियो । मन्त्रीको दिदी नाता पर्नेले घरमा चोरी भएको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियाे । प्रहरीका अनुसार घरको दोस्रो तलाकाे ग्रिल फाेडेर चाेरी भएको हो ।