काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलमाथि अहिले एउटा टिप्पणी भइरहेको छ- अम्पाएर नै खेलाडी बनेकाे। उनी यसअघि गभर्नर सिफारिस समितिको सदस्य भएपनि उनले सदस्यबाट राजीनामा दिएर अहिले गभर्नरमा नियुक्त हुन सफल भए ।
तर, उनले त्यो प्रश्नको सामना भने पदभार ग्रहण कार्यक्रममा पनि गर्नुपर्यो । सञ्चारकर्मीले तपाईं अम्पाएर नै खेलाडी बन्नुभयो भन्ने टिप्पणी छ, खेलाडी क्षमतावान नदेखेर फिल्डमा उत्रिनु भएको हो ? भनेर प्रश्न गरे ।
जवाफमा उनले भने, ‘तपाईंले कसरी लिनु भएको छ ? यसमा म केही भन्नँ चाहन्नँ, सबै मान्छे क्षमतावान छन्, कसैलाई क्षमतावान नदेखेको पनि भन्दिनँ, मलाई जसले छान्नुभयो उहाँहरुलाई नै सोध्नुहोस् ।’