संसद बंक गरेर ओलीको देउवासँग गोप्य भेट, गभर्नर नियुक्तिको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले भेटवार्ता भइरहेको छ । सोमबार साँझ दुई नेताबीच भेटवार्ता हुने भनिए पनि देउवाले बालुवाटार जान अस्वीकार गरेपछि छलफल हुन सकेको छैन । अहिले देउवा बालुवाटार पुगेर ओलीसँग छलफल गरिरहेका छन् । 

उनीहरुको भेटघाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा केन्द्रित हुने देउवाको सचिवालयले जानकारी दिएको छ । ओलीले स्वास्थ्यमा समस्या रहेको भन्दै मंगलबारको प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए । उनको सन्देशपछि संसद सचिवालयले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची हटाएको छ । तर, उनले संसद बंक गरेर देउवासँग भेटवार्ता गरेका हुन् । 

उनले सोमबार पनि स्वास्थ्यको कारण देखाउँदै मन्त्रिपरिषद् बैठक स्थगित गरेका थिए ।
 

Share News