काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा एमालेका नेता गोकुल बाँस्कोटा र कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई उन्मुक्ति दिएको छ ।
यसअघि भ्रष्टाचारमा मुछिएका भनिएका सांसद समेत रहेका बाँस्कोटा र कार्कीलाई आयोगले मुद्दा लगाउन आवश्य नभएको बताएको छ । यसअघि बाँस्कोटाले ७० अर्बको घुसका लागि सेटिङ गरेको अडियो क्लिप पनि सार्वजनिक भएको थियो ।
बाँस्कोटा नेकपा एमालेका प्रभावशाली नेता हुन् भने उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट पनि छन् । यस्तै कांग्रेसका नेता कार्की पनि कांग्रेस सभापति शेरबहादुर देउवा निकट छन् ।
आयोगले पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दर्ता गरेको छैन । तर, यस प्रकरणमा कांग्रेस सांसद मोहन बस्नेतसहित १६जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
कांग्रेसका सांसद बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी