काठमाडौं । एक महिनामै नेपाल विद्युत प्राधिकरणबाट १७ जना कर्मचारी बाहिरिने भएका छन् । आगामी कात्तिकमा १७ जना कर्मचारी प्राधिकरणबाट बाहिरिने भएका हुन् ।
उनीहरु अनिवार्य अवकास सुविधा अन्तर्गत बाहिरिन लागेका हुन् । प्राधिकरणका अनुसार कात्तिक महिनामा तेस्रो तहका कर्मचारीदेखि ९औं तहका कर्मचारीहरुसम्मले अनिवार्य अवकास पाउँदैछन् ।
प्राधिकरणका अनुसार नवौं तहका उपप्रबन्धक हरिनारायण साह, छैटौं तहका सहायक निर्देशक हरि कृष्ण शाह र पाचौं तहका कर्मचारी यदुकुमार थापा, तिलकबहादुर कुवंर, गणेशबहादुर कार्की, चित्रबहादुर भट्टराई, इन्द्रकुमारी भण्डारी, केदारनाथ ढुंगेल र श्रीराम तमाङले अनिवार्य अवकास पाउँदैछन् ।
यस्तै, तीन जना चौथो र तृतिय तहका पाँच जना कर्मचारीले अनिवार्य अवकाशमा जादैँछन् । प्राधिकरणले उनीहरुलाई अवकाशका लागि आवेदन दिन पनि आग्रह गरेको छ ।