काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले श्वेतपत्र जारी गर्दैछ । प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र शाक्य आएपछि उनले श्वेतपत्र जारी गर्न लागेका हुन् । उनले श्वेतपत्र जारी गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
विकासन्युजलाई प्राप्त श्वेतपत्रमा उल्लेख भएअनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा छ भने शाक्यले अब विद्युत महसुद बढाउनु पर्ने प्रस्ताव श्वेतपत्रमा गरेका छन् ।