काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहना अनुरूप स्थापना भएको वास्तविकता सुनाउँदै त्यस विरुद्ध जाने जो कोही सजायको भागीदार हुने हुने बताएका छन् ।
व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए ।
मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए । तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको उनको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत वक्ताले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिए ।