प्रतिनिधिसभामा धेरै गयल हुने सांसदमा कांग्रेस सभापति देउवा पनि

<p>काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक ग‍रेका छन् । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् । देउवासहित अधिवेशन अवधिभर [&hellip;]</p>

काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक ग‍रेका छन् ।

यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् ।

देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदरू १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन् । थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

सभामुख घिमिरेकाअनुसार प्रतिनिधिसभा सदस्यहरू लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् ।

संसदमा गयल हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे ।

प्रतिनिभि सभाको मंगलवारको बैठकले सांसदहरुको बिदा स्वीकृत गरेको छ ।

Share News