कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९२ प्रतिशत विषादी भेटियो

<p>काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । चितवनबाट मंगलबार बिक्रीका लागि ल्याइएको तने बोडीमा ९२.४५३ प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १० वटा पसलमा बिक्री भइरहेका १० प्रकारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो । [&hellip;]</p>

काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

चितवनबाट मंगलबार बिक्रीका लागि ल्याइएको तने बोडीमा ९२.४५३ प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १० वटा पसलमा बिक्री भइरहेका १० प्रकारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा चितवनबाट ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएकाले उपभोग अयोग्य रहेको समितिले जनाएको छ ।

विशेषज्ञहरूका अनुसार ‘अर्गानोफस्फेट’ विषादी स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । यसले मष्तिष्क, स्नायु प्रणाली र पेटसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ ।

सरकारले विषादी नियन्त्रणका लागि कडा नीति ल्याउनुपर्ने र उपभोक्ताहरूले पनि सचेत भएर तरकारी खरिद गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

Share News