दक्षिण एसियाको सर्वाधिक सुरक्षित देश नेपाल

<p>काठमाडौं । नेपाल दक्षिण एसियाको सर्वाधिक सुरक्षित देशमा परेको छ । सर्वियाको विश्व प्रतिष्ठित सूचांक प्लेटफर्म नुम्बियोले जारी गरेको सर्वेक्षण प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियाको सर्वाधिक सुरक्षित देशमा परेको हो । ६३.३ अङ्कका साथ नेपाल ४७ औं स्थानमा रहेको प्रतिवेदनले देखाएको छ । दक्षिण एसियामा नेपालभन्दा अघि कुनै पनि देश रहेका छैनन् । विश्वको सर्वाधिक सुरक्षित [&hellip;]</p>

काठमाडौं । नेपाल दक्षिण एसियाको सर्वाधिक सुरक्षित देशमा परेको छ । सर्वियाको विश्व प्रतिष्ठित सूचांक प्लेटफर्म नुम्बियोले जारी गरेको सर्वेक्षण प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियाको सर्वाधिक सुरक्षित देशमा परेको हो ।

६३.३ अङ्कका साथ नेपाल ४७ औं स्थानमा रहेको प्रतिवेदनले देखाएको छ । दक्षिण एसियामा नेपालभन्दा अघि कुनै पनि देश रहेका छैनन् ।

विश्वको सर्वाधिक सुरक्षित देश भने यूरोपको अन्डोरा रहेको छ । युएई दोस्रो नम्बर, कतार तेस्रो र ताइवान चौंथो स्थानमा रहेका छन् । त्यस्तै, ओमान पाँचौं स्थानमा रहन सफल भयो ।

नुम्बियोले सुरक्षित देशको वरीयता त्यो देशको रहनसहन, अपराध दरको आधारमा तयार गर्छ ।

चीन भने १५ औं नम्बरमा रहेको छ । दक्षिण एसियामा भारत ६६ औं स्थानमा रहँदा पाकिस्तान ६५ औं स्थानमा रहेको छ ।

दक्षिण एसियामा श्रीलंका ५९ औं स्थानमा रहँदा माल्दिभ्स १०६ औं स्थानमा छ । दक्षिण एसियामा बंगलादेश सर्वाधिक पछि रहेको छ । १४७ देशमध्ये बंगलादेश १२६ औँ स्थानमा रहेको छ ।

अमेरिका भने विश्वको सुरक्षित देशको शीर्ष ५० भित्रसमेत पर्न सकेको छैन । अमेरिका ८९ औं स्थानमा रहँदा ब्रिटेन ८७ औं स्थानमा छ ।

सूचीमा १ सय ४७ देश सहभागी गराइएको थियो । भेनेजुएला सर्वाधिक असुरक्षित मानिएको छ । उसको वरीयता १४७ औं स्थानमा रहेको छ ।

योबाहेक पपुवा न्यु गिनी १४६ औं स्थानमा रहँदा हाइटी १४५ र अफगानिस्तान १४४ र दक्षिण अफ्रिका १४३ स्थानमा रहेको छ ।

Share News