प्रधानमन्त्री ओलीले सुरेश रजकका परिवार भेट्दै भने : लाश बुझ्नुस्, श्रीमतीलाई रोजगारी दिन्छौं

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने आश्वासन दिएका छन् ।

Share News