राप्रपा सांसदहरूले संसदभित्र पनि हुलहुज्जत गर्न खोजे : प्रमुख सचेतक बर्तौला

<p>काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् । सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले राप्रपा सांसदहरूको संसदभित्रको गतिविधि गम्भीर रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा यसको समीक्षा गरिने बताए । &#8216;संसदभित्र संविधानमा नलेखिएका शब्दहरू प्रवेश गराउने प्रयास भइरहेको [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले राप्रपा सांसदहरूको संसदभित्रको गतिविधि गम्भीर रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा यसको समीक्षा गरिने बताए ।

‘संसदभित्र संविधानमा नलेखिएका शब्दहरू प्रवेश गराउने प्रयास भइरहेको छ, जुन संसदीय परम्परासँग मेल खाँदैन। यस्ता गतिविधि न सदनभित्र स्वीकार्य छन्, न त बाहिर,’ बर्तौलाले भने ।

उनले संविधानले मान्यता नदिएका शब्दहरू संसदमा प्रवेश गराउने प्रयास संविधानविपरीत भएको उल्लेख गरे ।

‘राजावादीको नाममा भइरहेको गतिविधि कानूनी रूपमा पनि स्वीकृत छैन। न सदनभित्र, न बाहिर। यो संवैधानिक मान्यताविपरीत छ,’ उनले थपे ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसदमा सम्बोधन गरिरहेका बेला देखिएको अमर्यादित र अराजक व्यवहारबारे कार्यव्यवस्था समितिमा गम्भीर छलफल गरिने बताए ।

Share News