प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने : भागेको होइन, ज्यान जोगाएको हुँ

<p>काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफू भागेको नभई सुरक्षित बसिरहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रसाईंले प्रहरीको घेरा तोडेर गाडी अघि बढाएका थिए । यस क्रममा उनले अश्लील शब्द प्रयोग गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमक व्यवहार देखाएको आरोप लागेको छ । यसपछि [&hellip;]</p>

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफू भागेको नभई सुरक्षित बसिरहेको दाबी गरेका छन् ।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रसाईंले प्रहरीको घेरा तोडेर गाडी अघि बढाएका थिए । यस क्रममा उनले अश्लील शब्द प्रयोग गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमक व्यवहार देखाएको आरोप लागेको छ ।

यसपछि फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै प्रहरीसँग माफी मागेका छन् । उनले भने, ‘म सुरक्षित हुनका लागि मात्र प्रहरी घेरा तोडेको हुँ । तपाईंहरूसँग कुनै व्यक्तिगत दुष्मनी छैन । तपाईंहरूलाई परेको चोटप्रति माफी चाहन्छु ।’

प्रसाईंले आफूलाई मार्ने योजना बनाइएकाले बाध्य भएर यस्तो कदम चालेको दाबीसमेत गरेका छन् । ‘मेरो कानको छेवैबाट गोली गयो, मेरो गाडीमै अश्रुग्यास हानियो । मलाई मार्ने षड्यन्त्र भएपछि ज्यान जोगाउन प्रहरीको घेरा तोडेको हुँ,’ उनले भने ।

उनले आफू प्रहरी र आमजनतालाई माया गर्ने व्यक्ति भएको दाबी गर्दै कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको संकेत गरेका छन् ।

Share News