कसैले चाहेर यो व्यवस्था परिवर्तन हुँदैन : शेरबहादुर देउवा

<p>काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् । लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् । सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे। उनले संवैधानिक राजा बन्ने [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् ।

लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् ।

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे। उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे ।

देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन नहुने उनको भनाइ छ । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड छ ।

Share News