कालीमाटीमा पालुंगोको सागमा भेटियो अत्यधिक विषादी

<p>काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको पालुंगो सागमा अत्यधिक विषादी भेटिएको छ । बुधबार भक्तपुरबाट कालीमाटी बजारमा भित्रिएको पालुंगो सागमा ८३.६२५ प्रतिशत &#8216;अर्गानोफस्फेट&#8217; नामक विषादीको मात्रा भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १८ पसलका १८ प्रकारका तरकारी र फलफूलको परीक्षण गरेको [&hellip;]</p>

काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको पालुंगो सागमा अत्यधिक विषादी भेटिएको छ । बुधबार भक्तपुरबाट कालीमाटी बजारमा भित्रिएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १८ पसलका १८ प्रकारका तरकारी र फलफूलको परीक्षण गरेको थियो । परीक्षणका क्रममा पालुंगो सागमा विषादीको मात्रा अत्यधिक रहेको पाइएकाे छ, जसले उक्त सागलाई उपभोग अयोग्य बनाएको छ ।

सरकारको मापदण्ड अनुसार, यदि विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम छ भने त्यसलाई उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतको विषादीको मात्रा भएमा केही दिन राखेर मात्र उपभोग गर्न सकिन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी भएको साग भने उपभोगका लागि अयोग्य मानिन्छ ।

Share News