ज्ञानेन्द्र शाह राजा बन्न लायक छैनन् : देउवा

<p>काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको दाबी गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् । ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । यदि उनलाई राजनीति गर्नु छ भने राप्रपाले पार्टी [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको दाबी गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् ।

‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । यदि उनलाई राजनीति गर्नु छ भने राप्रपाले पार्टी सभापति बनाएर राजनीति गर्न सक्छन्,’ देउवाले भने, ‘त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् ।’

Share News